२०७८ मङ्सिर ११ गते शनिवार
२०७८ मङ्सिर ११ गते शनिवार

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो

मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोलामा ९ सय रुपैयाँले बढेर ९८ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

सोमबार सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा ३० रुपैँयाले बढेर एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।