२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

दाङ लकडाउनको दोस्रो दिन : बिना काम हिड्ने प्रहरी होल्डमा

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस समुदायस्तरमा फैलिन थालेपछि दाङमा लकडाउन थालिएको छ ।

जिल्ला कोरोना संकट व्यवस्थापन समितिले गरेको दोश्रो चरणको लकडाउनका कारण दाङको अवस्था सुनसान बनेको छ । सोमवारदेखि सुरु भएको लकडाउनका कारण दाङका बजार, यातायात, उद्योगलगायत बन्द रहेका छन् ।

जसका कारण घोराही, तुलसीपुर, लमही, भालुवाङ, नारयाणपुर, गढवालगायतका बजारहरु सुनसान रहेका छन् । अत्यावश्यक कामका लागि मात्र सवारीसाधनहरु तथा मानिसहरु हिड्नेका छन् । अत्यावश्यक काम बाहेक अन्य कुनै पनि सवारी साधनहरु चल्न पाएका छैनन् । अत्यावश्यक काम बाहेक बाहिर निस्ने मानिसहरुलाई प्रहरीले पक्राउ गर्न थालेको छ ।

विना काम बजारमा निस्किएको भन्द्र प्रहरीले मंगलवार तुलसीपुरमा करिव दुई दर्जन बढीलाई होल्डमा राखेर फेरी नहिड्ने सर्तमा छोडेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबहादुर सिंहले जानकारी दिएका छन् ।

त्यसै गरी प्रहरीले लकडाउन उल्लघन गर्ने सवारीसाधनलाई समेत पक्राउ गर्ने गरेको छ ।