२०७८ मङ्सिर १८ गते शनिवार
२०७८ मङ्सिर १८ गते शनिवार

बाँके, बर्दिया र दाङका थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

भेरी अस्पताल । बाँके

मंगलबार बाँके, बर्दिया र दाङका थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेमा मंगलबार बिभिन्न पेशामा आवद्ध भएर कोरोना बिरुद्धको अभियान अन्तर्गत फ्रन्टलाईनमा रहेर काम गर्दै आएका २४ जनामा कोरोना संक्रमण देखिएको हो ।

भेरी अस्पताल नेपालगन्जमा गरीएको परिक्षणमा प्रहरी, पत्रकार, बैकर्स र स्वास्थ्यकर्मीसहित बाँकेका २४ जना संक्रमण देखिएको हो । यसका साथै बर्दियाका ४ र दाङका ५ जनामा समेत संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८१ वटा नमुना परीक्षण गर्दा ३३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । बाँकेमा २४ संक्रमितमध्ये पुरुष १५ महिला ९ जना छन् । बाँकेका प्रहरी, सञ्चारकर्मी, बैर्कस र कर्मचारीका साथै भेरी अस्पतालका एकजना बिशेषज्ञ सहित ६ जना स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको हो ।