२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

जिप्रकाका कर्मचारीमा कोरोना, अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय दाङका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रशासनमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रमा कार्यरत एक अधिकृतलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

गत शुक्रबार घर गएको र चितवनमा हिजो पिसिआर जाँच गर्दा आज कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । शनिबार ज्वरो आएपछि स्वाब जाँच गर्दा कोरोना देखिएको हो । यसैविच जिल्ला प्रशासन कार्यालय दाङले भोलीदेखी शान्ति सुरक्षा र मुद्धाको काम बाहेक अन्य सेवाहरु बन्द गरिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आज एक सूचना जारी गरि अर्को सूचना जारी नभए सम्मका लागि अत्याबस्यक बाहेक अन्य सेवाहरु रोकिएको जानकारी दिनुभएको छ । प्रशासनले अब कार्यालयका कर्मचारीहरुको पिसिआर जाँच गर्ने समेत तयारी गरेको छ ।।