२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

कपिलवस्तुकी ६० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ ।

कपिलवस्तु–११ की ६० वर्षीया महिलाको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

भदौ ७ गते कोरोना पोजिटिभ भई अस्पताल भर्ना भएकी उनलाई आईसीयूमा राखी उपचार गरिएको थियो । उनमा श्वासप्रश्वासको समस्या र ज्वरोसमेत भएको उनी पहिलेदेखि उच्च रक्तचापकी बिरामी रहेको डा. गौतमले बताए ।

यससँगै लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।