२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

पसलबाट फर्कने क्रममा चट्याङ लागेर मृत्यु

सांकेतिक तस्बिर।

अविरल वर्षसँगै परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङका ५० वर्षीय अशोक बुढाको चट्याङ लागेर गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घर नजिकैको पसलमा आवश्यक सामग्री खरिद गरेर फर्कने क्रममा मङ्गलबार साँझ अविरल वर्षासँगै परेको चट्याङले लागेर बेहोस भई लडिरेहेका अवस्थामा स्थानीयले उद्धार गरी घरमा राखिरहेको अवस्थामा गएराति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।