२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

दुधेनामा आधुनिक ब्याडमिन्टन कोर्ट निर्माण हुँदै

तुलसीपुर उपमहानगरपालिका ८ दुधेनाको शान्तिटोलमा बहुआयामिक तथा आधुनिक ब्याडमिन्टन कोर्ट निर्माण हुने भएको छ ।

शान्तिदिप विद्यालयको प्राङगणमा बहुआयामिक तथा आधुनिक ब्याडमिन्टन कोर्ट निर्माण हुन लागेको हो । ब्याडमिन्टन कोर्ट नहुदा खेल खेल्न समस्या हँदै आएकाले अव भने यो समस्या समाधान हुने भएको छ ।

थानिय खेलाडी तथा विद्यालयका विद्यार्थीहरुको लागि यो कोर्टमा खेल्न सहज हुने शान्तिदिप विद्यालयका सहायक प्रिन्सिपल नारायण भट्टराईले जानकरी दिनुभयो ।

ब्याडमिन्टन खेलका खेलाडी समेत रहेका भट्टराईले सवैको सहयोगले बहुआयामिक तथा आधुनिक ब्याडमिन्टन कोर्ट निर्माण हुन लागेको बताउनुभयो । केही दिन अघिदेखि सुरु भएको निर्माण कार्य यो महिनाको अन्तिम सम्म सक्ने लक्ष्य रहेको छ ।

१० लाख लागतमा निर्माण हुन लागेको सो कोर्ट निर्माणका लागि जगत बहादुर शाहको अध्यक्षतामा निर्माण समिति गठन गरेर काम अगाडि बढाईएको छ । कोर्ट निर्माणमा समाजसेवी धनेश्वर वलीको विशेष सहयोग रहेको छ भने संरक्षकमा विद्यालयका प्रिन्सिपल गोविन्द्र वहादुर शाह रहनुभएको छ ।

दुधेनाको शान्तिटोलमा निर्माण हुन लागेको बहुआयामिक तथा आधुनिक ब्याडमिन्टन कोर्ट निर्माणका लागि निर्माण पक्षले सबैबाट आर्थिक, भौतिक तथा नैतिक सहयोगको अपेक्षा गरेको छ ।