२०७९ असोज १३ गते बिहिवार
२०७९ असोज १३ गते बिहिवार

रुपन्देहीमा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु

सांकेतिक तस्वीर ।

एकैदिन रुपन्देहीमा उपचार गराइरहेका ३ जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ।

बुधबार दिउसो बुटवल ६ सब्जीमण्डीका ५७ वर्षीय पुरुषको भीम अस्पताल भैरहवामा मृत्यु भएसँगै एकैदिन मृत्यु हुनेको संख्या ३ पुगेको हो । उनीहरुमध्ये रुपन्देहीको बुटवल, कपिलवस्तु कृष्णनगर र नवलपरासी पश्चिम रामग्रामका एक एक जना हुन्।

बुधबार दिउसो भैरहवाको भीम अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका– ६ सब्जीमण्डीका ५७ बर्षीय पुरुषको मृत्यु भएको हो। अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलका अनुसार भदौ १५ गतेदेखि आईसीयूमा उपचाररत उनलाई बुधबार दिउँसो ३ बजे हृदयघात भएको र साढे ३ बजे मृत्यु भएको हो। उनी मुटुरोगी थिए।

यसअघि भीम अस्पतालमै बुधबार बिहान नवलपरासी पश्चिम रामग्राम ५ कि कोरोना संक्रमित ६५ वर्षीय महिलाको मृत्यु भएको थियो। बुधबार नै बिहान बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कपिलवस्तुकी ६० वर्षीया महिलाको मृत्यु भएको थियो।