२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

शान्तिनगरका केसीको हृदयघातबाट भारतको गोवामा मृत्यु

दाङका एक ब्यक्तिको हृदयघातका कारण भारतको गोवामा मृत्यु भएको छ ।

बुधवार स्थानीय समय अनुसार बिहान करिब ८ बजे दाङ शान्तिनगर गाउँपालिका २ सिमसुन्दरपुर निवासी करिब ४७ बर्षीय राजु केसीको मृत्यु भएको गोवा नेपाली समाजका अगुवा सुनिल रावतले जानकारी दिए ।

डिउटी गरेर कोठातर्फ जाँदै गर्दा कोठा भन्दा करिब एक सय मिटर अगाडी बाटो मै मृत्यु भएको हो । केसी करिब लामो सयमदेखि गोवामा परिवार सहित बस्दै आएका थिए, भने उनी सेक्युरिटीमा कार्यरत थिए । उनको २ वटा छोराछोरी र श्रीमती रहेको रावतले बताए ।

साथै उनको बुधवार पोष्टमार्टम गरेर गोवामा नै दाहसंस्कार गरिएको समेत रावतले बताए ।