२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

बुधबार दाङमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

दाङमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार घोराहीका तीन र गढवाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा घोराही १० का ४५ बर्षीय पुरुष, सोही वडाका २४ बर्षीया महिला र सोही वडाकै २० बर्षका पुरुष रहेका छ । गढवा गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै जिल्लामा संक्रिय संक्रमितको संख्या ९५ पुगेको छ ।