२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

रोल्पामा कोरोना संक्रमितको संख्या शून्य

रोल्पाको सदमुकाम लिवाङ । फाइल तस्वीर

रोल्पामा कोरोना संक्रमित शून्य भएको छ । देशैभर कोरोना सङ्क्रमित समुदायस्तरमै बढिरहेका बेला रोल्पामा भने कोरोनाको सक्रिय सङ्क्रमित संख्या शून्यमा झरेको छ ।

पछिल्लोपटक अस्थायी आइसोलेशन केन्द्रमा बस्दैआएका तीन जना घर फिर्ता भएसँगै जिल्लामा सक्रिय सङ्क्रमित संख्या शून्य भएको हो ।

जिल्लामा हालसम्म देखापरेका सङ्क्रमित ८३ मध्ये ७८ जना कोरोना जितेर आइसोलेशनबाट फिर्ता भइसकेका छन् । सङ्क्रमितमध्येका अन्य पाँच सङ्क्रमित भने अन्य जिल्लाका रहेकाले हाल जिल्ला जनस्वास्थ्यको सम्पर्कमै नरहेको जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाका प्रमुख अनिल केसीले बताए । उनीहरुको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिए पनि अझैसम्म जिल्लाको आइसोलेशनमा आइनपुगेकाले जिल्लाको कोरोनाको सक्रिय सङ्क्रमित सङ्ख्या शून्य देखिएको हो ।

भारत तथा अन्य मुलुकका साथै देशको विभिन्न जिल्लाबाट समेत रोल्पा आवतजावत भइरहेको हुँदा जुनसुकै बेला कोरोना सङ्क्रमित देखिन सक्छन् । गत जेठ १ गतेदेखि हालसम्म भारतबाट दुई हजार ३७९ र तेस्रो मुलुकबाट २६१ जना रोल्पा भित्रिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।