२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

पिसिआर टेस्ट बन्द गरौं : कोरोना अस्पतालका प्रमुख

डा. सर्वेश शर्मा । कोरोना विशेष अस्पताल बेलझुण्डी दाङका प्रमुख

कोरोना विशेष अस्पताल बेलझुण्डी दाङका प्रमुख डा. सर्वेश शर्माले पीसीआर बन्द गर्न आग्रह गरेका छन् ।

सामाजिक संजाल फेसवुकमा स्टाटस लेख्दै मान्छेहरु खान नपाएर मरिरहेको समयमा अर्थहिन कोरोनाको पिसिआर परीक्षणमा अरबौ रुपैयाँ खर्च गर्नुको औचित्य नरहेको व्यक्तिगत विचार राखेका छन् ।

थप फेसबुक स्टास्टस…

आज मेरो मनमा  Covid-19 सम्बन्धमा अलि फरक खालको क्रान्तिकारि बिचार आयो कसैले त प्रतिगमनवादी पनि भन्नुहोला तर यसो गरे कसो होला ?

१) PCR टेस्ट बन्द गरौं किनकी जति धेरै टेस्ट उति धेरै कोरोना, मान्छेहरु खान नपाएर मरिरहेका छन हामी अरबौ रुपैया PCR मा खर्च गरिरहेका छौ र अझै गर्दैछौ।

२) आइसोलेसन, Contact त्रेसिङ, क्वारेन्टाइन बनाउने, अस्पताल सिल गर्ने काम बन्द गरौं ।

३) ज्वरो आएमा, स्वासप्रस्वासमा समस्या भएमा वा अन्य लक्षण भएमा मात्र अस्पताल जाऔ र पोजिटिभले पोजिटिभको उपचार गरौं ।

४) लकडाउन गर्ने तर अन्य तयारी नगर्ने हो भने लकडाउन र निषेधाज्ञा सबै हटाउ । धेरै हल्ला खल्ला पनि नगरौं, किनकी कोरोनाले भन्दा अरु कारणले धेरै क्षती भैसक्यो, धेरै मान्छे मरिसके र देशको आर्थिक अवस्था धरासायी भैसक्यो । अझै यो क्रम अन्त्य होला जस्तो छैन ।

५) धेरै नडराउ किनकी कोरोनाको कारणले मात्र होईन अन्य कारणले पनि मरिन्छ नि रु कोरोनाले भन्दा धेरै मानिस त अहिले दीर्घ रोग र अन्य रोगको उपचार नपाएर मरिरहेका छन।

६) कोरोना संगै बाच्न सिकौ, आफ्नो सुरक्षा आफैं गरौ। मास्क लगाउ, हात धोऔ, भौतिक दुरी कायम गरौ र सामान्य जीवनशैलीमा फर्किउ।

आज मेरो मनमा Covid-19 सम्बन्धमा अलि फरक खालको क्रान्तिकारि बिचार आयो कसैले त प्रतिगमनवादी पनि भन्नुहोला तर यसो गरे कसो…

Gepostet von Sarbesh Sharma am Mittwoch, 26. August 2020