२०७८ मङ्सिर १ गते बुधवार
२०७८ मङ्सिर १ गते बुधवार

सल्यानको कपुरकोट बजार भदौ २५ गतेसम्म सिल

फाइल तस्वीर ।

सल्यानको कपुरकोट बजार एक साताका लागि सिल गरिएको छ ।

धनवाङ स्वास्थ्य चौकी कपुरकोटमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएपछी बिहीबार गाउँपालिकामा बसेको सर्वपक्षिय, सर्वदलीय बैठकले एक साताका लागि सिल गर्ने निर्णय गरेको हो ।

संक्रमित ब्यक्ति धेरैको सम्पर्कमा रहेकाले र यस अघि पनि समुदाय स्सतरमा गरिएको परीक्षणमा एक ब्यक्तिलाई कोरोना भेटिएपछि स्थितिलाई भयावह हुनबाट रोक्नका लागि सिल गरिएको गाउँपालिकाले जनाएको छ ।

आज राती १० बजेदेखि भदौ २५ गते राती १० बजे सम्मका लागि कपुरकोट गाउँ कार्यापालिकाको कार्यालयय, ३ नम्बर वडा कार्यालय तथा कपुरकोट बजार क्षेत्रका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, बैंक, वित्तीय संस्थाहरुले प्रदान गर्ने सेवा बन्द गरी कपुरकोट बजार क्षेत्र पूर्ण रुपमा सिल गरिएको गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले जानकारि दिए ।

कपुरकोटमा सञ्चालन हुने तरकारी बजार पनि बन्द रहने र कुनै पनि ब्यापारीहरुलाई गाउँमा जान प्रतिबन्ध लगाइएको एवम् सम्बन्धित वडाका किसानहरुले आफ्नो वस्तीबाटै तरकारी लोड गरेर बजार पठाउने ब्यवस्था मिलाउन कृषि उपज बजार केन्द्रलाई निर्देशन गरिएको प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले जानकारि दिए ।