२०७८ मङ्सिर २२ गते बुधवार
२०७८ मङ्सिर २२ गते बुधवार

मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, एक घाइते

सांकेतिक तस्वीर ।

पाल्पाको रामपुर नगरपालिका–४ सीताकुण्ड ठाँटीनजिक बिहीबार मिनी ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।

हेटौंडाबाट निर्माण सामग्री लिएर आएको मिनी ट्रक दुर्घटनाग्रस्त हुँदा वागमती नगरपालिका–६, सर्लाहीका ३० वर्षीय सन्तोष गहतराजको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा सोही स्थानका १६ वर्षीय राहुल विक घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।

उनलाई उपचारका लागि रामपुर अस्पताल पठाइएको छ ।

ट्रक सडकबाट करिब डेढ सय मिटर तल खसेको छ ।