२०७८ मङ्सिर २२ गते बुधवार
२०७८ मङ्सिर २२ गते बुधवार

बाँकेमा थप ३९ जना नयाँ संक्रमित थपिए

बिहिबार बाँकेका ३९ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जकामा गरीएको परिक्षणमा बाँकेका ३९ र बर्दियाका ८ जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमध्ये सबैभन्दा बढि कोहलपुरका रहेका छन । बिहिबार दिउँसो ४ बजे भेरी अस्पतालले जारी गरेको विवरण अनुसार कोहलपुर ११ का १३ र कोहलपुर ३ का ६ गरी १९ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी नेपालगन्जका १४, भेरी अस्पतालका ३, जिल्ला प्रहरी कार्यालय बाँकेका एक र नेपालगन्ज बस्दै आएका बर्दिया र दैलेखका १/१ जना रहेका छन ।

पछिल्लो २४ घण्टामा ४०३ जनाको स्वाव परिक्षण गरीएकोमा बाँके र बर्दियाका ४७ जनाको रिपोर्ट पोजेटिभ देखिएको भेरी अस्पतालले जनाएको छ ।