२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

२० हजार घुससहित वडाध्यक्ष अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही रोहिणी गाउँपालिका–२ का वडाध्यक्ष सरोज कुमार पाण्डेलाई २० हजार घुससहित नियन्त्रणमा लिएको छ ।

अनुदान स्वरूप रकम प्रदान गर्न सहजीकरण गरी दिएबापत २० हजार घुस लिएको आरोपमा वडाध्यक्ष पाण्डेलाई बिहीबार आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो ।

वडा कार्यालय परिसरबाट नियन्त्रणमा लिइएका पाण्डेमाथि आवश्यक अनुसन्धान भइरहेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।