२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

बबईका अध्यक्ष पौडेलद्वारा सम्पत्ती विवरण सार्वजनिक

बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल ।

दाङको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो सम्पत्ती विवरण सार्वजनिक गरेका छन् ।

उनले ५ कठ्ठा जमिन बुवाको नाममा रहेको बताएका छन् । त्यसैगरी टिनले छाएको कोठे घर, ४ वटा भैसी, गोठ र एक तोला सुन रहेको सार्बजनिक गरेका छन् ।

त्यसैगरी अध्यक्ष पौडेलले बैंकमा ७ लाख रुपैयाँ तिर्न बाँकी र ६ लाख बैंकमा मौज्दात रहेको समेत जानकारी गराएका छन् ।