२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

भेरी अस्पतालमा कोरोना जाँच शुल्क २२ सय रुपैयाँ

भेरी अस्पताल नेपालगन्जमा संचालनमा रहेको पिसिआर प्रयोगशालाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेको भन्दा ब्यक्तिगत प्रयोजनका लागि शुल्क तिरेर पिसिआरको स्वीकृति पाएको छ ।

उक्त पिसिआरका लागि २ हजार २ सय रूपैयाँ शुल्क लाग्ने भएको छ ।

भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालका अनुसार पिसिआर परिक्षणको शुल्क २२ सय तोकिएको छ ।

उनकाअनुसार समितिको बिहीबार दिउँसोको बैठकले २ हजार २ सय शुल्क तोकेको हो ।

भेरीमा शुक्रबारदेखि नै इच्छुक व्यक्तिको कोरोना पिसिआर परिक्षण गरिने अध्यक्ष धितालले जानकारी दिए ।