२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

मन्त्रिपरिषद् बैठक बस्दै, मन्त्री हेरफेर गर्ने तयारी

११ बजेका लागि मन्त्रिपरिषद्को बैठक डाकिएको छ ।

आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा नियुक्तीका लागि नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिपति समक्ष सिफरिस गर्ने स्रोतले जानकारी दिएको छ ।

यसै मन्त्रिपरिषद् बैठकबाट अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा विदाइ हुँदैछन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिहीबार बसेको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त रहेको पदमा वामदेवलाई नियुक्तीका लागि सिफसिर गर्ने निर्णय गरेको थियो ।

यस निर्णयसँगै खतिवडा मन्त्रीबाट हट्नु पर्ने निश्चित भएको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यदलले सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रीहरु हेरफेर गर्न सकिने बाटो खोलिदिएको छ ।

दुई अध्यक्ष केपी ओली र प्रचण्डले अन्य नेतासँगको पनि परामर्शमा स्थायी कमिटीको बैठक अगाडि नै मन्त्रिपरिषद पुनर्गठन गर्न सक्ने एक सचिवालय सदस्यले बताए । ती नेताका अनुसार आउँदो साताभित्रै प्रधानमन्त्री ओलीले मन्त्रीहरु फेरबदल गर्ने छन् ।