२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

घरको पङ्खा जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

फाइल तस्वीर ।

घरको पङ्खा चलाउन तार जोड्ने क्रममा करेन्ट लागेर २४ वर्षीय युवकको मृत्यु भएको छ । मकवानपुर, मनहरि गाउँपालिकाका ती युवकको आज बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरि– ६ स्थित आफ्नो घरमा करेन्ट लागेर ओमकुमार मोक्तानको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय मनहरिबाट प्रहरी टोली त्यहाँ पुगेको र शव परीक्षण गर्न हेटौँडा अस्पताल पठाएको जनाइएको छ ।