रुपन्देहीको भैरहवामा एकजना कोभिड १९ संक्रमितको मृत्यु भएको छ ।
मृगौलाले काम नगरेपछि डायलासिस गराउनका लागि चितवन गएको बेला उनीमा कोभिड १९ संक्रमण पुष्टि भएको थियो । कोभिड १९ संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बसेका सिद्धार्थनगर नगरपालिका भैरहवा– ८ का ४५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।
कोरोना पुष्टि भएको तर मृत्युको ठोस कारण नखुलेको रुपन्देहीमा शुक्रबार तीनजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ८ का ७८ वर्षीय पुरुष, सिद्धार्थनगर नगरपालिकाका ७ का ६४ वर्षीया महिला र वडा नम्बर ८ का ४५ वर्षीय पुरुष छन् ।
यो सँगै रुपन्देहीमा शुक्रबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ।