२०७७ असोज ४ गते आइतवार
२०७७ असोज ४ गते आइतवार

धार्मिक युद्वबाट बचौं र बचाऔं

लेखक अर्जुन भण्डारी ।

नेपाली भुमि बिभिन्न जातजाति, धर्म सँस्कृति, रितिरिवाज, चालचलन, परम्परा संस्कार विविधतामा एकता भएको बिश्वको सानो मुलुक भएपनि सुन्दर शान्त, रमणिय स्वर्गको एउटा टुक्रा पनि हो।

यो देवभूमिमा बिभिन्न प्रकारका मठ मन्दिर देवदेबताका बासस्थान तथा मस्जिज, चर्चबाट सिन्चित भुमि हो। मानव सभ्यताको शुरूदेखि हालसम्म चलीआएको सनातन हिन्दूधर्मालम्बिहरूको जन्मभुमि नेपालमा कुनै पनि धर्मालाई एउटाले अरूलाई सम्मान गर्ने परम्परा नै छ। न हिन्दूहरू बौद्वधर्मलाई अपमान गर्छन, न मुसलमान धर्मलाई नै अपमान गर्छ । सबैले सबैलाई मान सम्मान आस्ता नै उत्तिकै रहेको भेट्न सकिन्छ । नेपालमा भएका सबै धार्मिक स्थलहरू सबै नेपाल र नेपालीका साझा ऐतिहासिक मान्यताका मूलस्रोत नै हून ।

यी सबै नेपालीका गौरौब गाथाहरू नै हून्, र सबै नेपालीहरू गर्ब पनि गर्छन । तराई पहाड हिमाल प्रकृतिले जसरी सजिसजाऊ गरी बिभाजन गरिएको छ । त्यसरी नै हामी पनि यो सानो भौगोलिक मुलुकमा बिश्वसामू बिशाल छाति चौडाईका साथ गर्वपनि गर्छौ ।

यस मुलुकको सबिधानमा १२६ सूचिकृत जातजातिले फूलसरि सिङ्गारिएको छ। संसारमा अन्तकतै पाईदैन र यस प्रकारको जातजाति मिलेर बनेको मुलुक पाईने पनि छैन । बर्षमा ३६५ दिनमा पनि एकना एक धर्मलम्बिको एकदिन चाडपरेको नै हुन्छ । हाम्रो समाज यति मजबुदसँग मिलेर बनेको बसेको समाज छ, कि कुनै छिमेकिलाई दुख पर्दा एक अर्कोलाई सकेजति प्रेमपूर्ण सहयोग सद्भाब माया प्रेम भाईचारायुत्तm समाजमा हुर्किएको छ।

विश्व ईतिहास पल्टाउने हो, भने आदीमकाल देखिनै चल्दै आएको धर्म संस्कार, चाहे ढुंङगे युगको किन नहोस सबै सुरक्षीय नै छ।विभिन्नकाल खण्डमा विभिन्न रूपमा साक्षात भगवानले दर्शन दिदै स्वर्गिय आनन्द लिदै आएको तपोभुमि हो । नेपालको पुर्व पश्चिम जुनसुकै ठाऊ गएपनि हाम्रो समाज रितितिथि चालचलन, विविधतामा एकता भेट्ना सकिन्छ। २१औं शताब्दिको रोवटको यूगमा पनि ढुङगे युगमा मानव कस्तो थियो त ? मानव भन्ने सजिलै परिकल्पना गर्ना सक्ने हेर्ना र बुझ्ना सक्ने राउटे समाज समुदाय पनि हामि सँगै छ।वास्तवमा भन्ने हो भने नेपाल देश खडा हुनुभन्दा अगाडि नै पनि मानव बस्ति भएको ठाऊँ नै रामपिथेक्शको पूरात्तव बिभागले भेटेको अबशेषबाट बुझ्न र बुझाऊन सकिन्छ।

तर दुर्भाग्यबस आदिमकाल देखि मिलेर एउटै मालामा सिङगारिएको समाजमा अहिले आएर हाम्रो समाज पश्चिमेली धर्म संस्कृति र संस्कारबाट बिस्तारै बिस्तारै रात एक गुणा दिन दुईगुणाको दरमा प्रभाबित हुँदैछ । पश्चिमेली समाजका बिभिन्न संघसंस्था गैरसरकारी संगठनले बिभिन्न बाहानामा नेपाली समाजलाई परिवर्तन गर्ने नाममा बिभाजन गर्ने, भाँडभैलो गर्न गराऊन उध्रित भएको पाईन्छ । २००७ साल पछि राजनैतिक प्रजातान्त्रीक मुलुक बनाउने नाममा ७०७३ सालसम्म आईपुग्दा जन्ताबाट निर्माणाधिन संविधानले पनि सबै धर्मलाई एउटै अधिकार महत्व दिएको छ। कहि कतै पनि बिभेद गरेको पाईदैन ।

दुर्भाग्य बस अहिलेको अबस्थामा बिभिन्न राजनीतीक भेदरूपी नीतीका कारण पश्चिमेली संस्कार संस्कृतिले नेपाली समाजमा ठूलो प्रभाब पारेको छ। स्मरण गराऊनाचाहान्छु २०४७ साल अगाडिसम्म एक जुट एउटै मालामा गाँसिएको हाम्रो समाज अहिले बिभिन्न जातजाति,ध र्मका संघसंगठनका नाममा बिभाजीत नै छ । पछिल्लो अबस्थामा आफू कसरी राजनेता बन्न सकिन्छ , कुन जात, कुन धर्मबाट अगाडि जाने र नेता बन्ने भन्ने प्रवृति हाबि हुँदा हाम्रो रितिरिवाज, धर्म संस्कृति, परम्परा चालचलन रितितिथि लाईनै खलवल बनाई दिएको छ। एक जातले अर्को जात धर्म संस्कृतिलाई हेर्ने दृष्टिकोणमा नै गम्भिर परिवर्तन गरिदिएको छ।हाम्रो समाज कता तिर जाँदैछ भन्ने गम्भिर प्रश्न उब्जाई दिएको छ।

बिविधतामा एकताको समाजमा बिभिन्न भेद, बिभेद देखिन थालेको छ । अन्याय अत्याचार कुदृष्टि गिद्दे नजरमा परिवर्तन हुँदै छ । जति पटक आन्दोलन भई राजनितिमा उथुलपुथुल भएपनि भाईचारा सहयोगी भाबना नैतिक समाज उत्तरदायित्व विहिन समाजको निर्णान हुँदै जानु दुखद पक्ष नै हो । हामी कस्तो समाज खोज्दै छौं ? गम्भिर सोचनीय कुरा छ । नागरिकमा दायित्व र कर्तव्यबोध न्यून हुँदैछ। नेपाली परिवेशको सुहाऊँदो शिक्षा नीतीले रूवान्डामा जस्तो बिसम परिस्थिति निर्माण हुँदैछ ।पश्चिमेली शिक्षालाई प्रथामिकता दिदा हाम्रो समाज पाखण्डी शिक्षाले जडा गार्दैछ।

संयूक्त परिवारबाट एकल परिवारमा परिबर्तन हुनु । यसको ज्वलन्त उदाहरण हो । आफन्ती नातापातामा सामाजिक रूपमै सम्बन्धमा ठूलो दरार पैदा हुँदैछ। समाज यदि यसरी नै नैतिक पतनको निर्माण र विकास र बिस्तार हुँदै जाने हो, भने भोलिका संन्ततीको भबिष्य हाम्रो भबिष्य नेपाल र नेपालीको के होला सहजै अनुमान गर्ना कठिन छ । विदेशी संघसंस्थाले नेपाललाई परिवर्तन गरेका हुँदै होईनन । केहि समाजका बुझकड भद्रभलाद्मी शिक्षित वर्गका व्यक्तिको ब्याख्या बिश्लेशन गरिएपनि नैतिक पतन यूक्त समाज निर्मणामा ठूलो टेवा पुगेको छ। यदि यहि अवस्थामा सामाजिक परम्पराहरू मुल्य मान्यताहरू धर्ममा परिवर्तन हुँदैगए टक्राब हुँदैगए नेपाली समाज विकास होईन, बिनाश नहोला भन्न सकिदैन।

बेलैमा सुधार नगरे जातिगत युद्व, धर्मिक युद्व, बाट नहोला भन्न कहाँ सकिन्छ र ? धार्मिक र जातिगत युद्वबाट आफु पनि बचौ र अरूलाई पनि बचाऊनु एउटा असल समबृद्वि समाज खोज्ने नागरिकको दायित्व र जिम्मेवारी हैना र ? के यो नेपाल र नेपालीको लागी यो अवसर होईन र ?

अर्जुन भण्डारी
हाल तुलसीपुर ९ विकासनगर दोघरे दाङ