२०७८ मङ्सिर २२ गते बुधवार
२०७८ मङ्सिर २२ गते बुधवार

मोटरसाईकल अनियन्त्रित भई पल्टिदा एकको मृत्यु, एक घाईते

सांकेतिक तस्वीर ।

रुपन्देहीमा मोटरसाईकल अनियन्त्रित भई पल्टँदा १ जनाको मृत्यु भएको छ, भने एक जना घाईते भएका छन् ।

गैडहवा गाउँपालिका–५ तेलन्डिया स्थित लुम्बिनी कलौनी भित्री सड्क खण्डमा लु १४ प ७९४४ नम्बरको मोटरसाईकल आज बिहान आफै अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाईकलका चालक शुद्धोधन गाँउपालिका–६ का वर्ष ४० वर्षीय समुज राम केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खड्काले जानकारी दिए ।

उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै दुर्घटनामा मोटरसाइकलको पछाडी सवार सोही ठाउँकी ३५ वर्षीया गुडिया केवट घाईते भएको उनले बताए । उनको भिम अस्पतालमा उपचार भईरहेको छ ।