२०७८ मङ्सिर १७ गते शुक्रवार
२०७८ मङ्सिर १७ गते शुक्रवार

२४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु

सांकेतिक तस्वीर ।

कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा तीनसहित १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चार महिला र १० पुरुष रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमध्ये काठमाडौंका ८२, ६७, २२ र चितवनकी ३५ वर्षीया महिला हुन् ।

सप्तरीका ५५/५५ वर्षीय दुई पुरुष, धनुषाका ६५, कास्कीका ३१, नवलपरासीका ३७, प्युठानका ५८ , रुपन्देहीका ७८, पाल्पाका ६३ र सुर्खेतका ४२ वर्षीय पुरुषको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

शुक्रबार १४ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ ।