२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

प्रदेशबाटै स्थायी कर्मचारीको पदपूर्ति हुँदै

मुलुक प्रादेशिक संरचनामा पुगेपछि पहिलो पटक प्रदेशबाटै स्थायी कर्मचारी नियुक्ती थालिएको छ। ५ नम्बर प्रदेशको लोकसेवा आयोगले कर्मचारी छनोट प्रक्रिया थालेको हो।

प्रदेश मन्त्रिपरिषद् बैठकले प्राविधिक तर्फका केही पदमा स्थायीपूर्तिका लागि स्वीकृति दिएसँगै स्विकृति दिएसँगै लोक सेवाले औपचारिक रुपमा कर्मचारी छनोट गर्न थालेको छ। प्रदेश निजामती सेवामा पहिलो पटक इन्जिनियरिङ तर्फको सातौं तह र स्वास्थ्यतर्फको सातौं र आठौं तहमा कर्मचारी भर्ना गरिदैछ।

प्रदेश लोकसेवा आयोगका सदस्य बाबुराम गौतमले खुला प्रतिस्पर्धाबाट कर्मचारी छनोटका लागि आयोग तयारीमा रहेको बताए।

लोकसेवाले पहिलो पदपूर्तिमा १२५ जना प्राविधिक पदमा खुला आवेदन गर्ने तयारी थालेको छ। लोकसेवाले परीक्षा लिने तयारी गरेका विषयको पाठ्यक्रम तयार गरिसकेको छ। संघीय लोकसेवाकै पाठ्यक्रममा आधारित रहेर प्रदेश पाठ्यक्रम निर्माण गरिएको छ। लोकसेवाले आयोगको नियमावली, खर्च आम्दानी मापदण्ड, बैठक कार्यविधि तयार गरिसकेको छ।

आयोगले काम सूचारुका लागि आवश्यक जनशक्ति समेत प्रदेश सरकारसँग माग गरेको छ। अहिले आयोगमा कार्यालय सहयोगी बाहेक ६ जना मात्रै कर्मचारी छ। लोकसेवाका लागि ५५ जनाको दरबन्दी माग भए पनि तत्कालका लागि २० कर्मचारी भए काम गर्न सकिने आयोगका सदस्य गौतमले जानकारी दिएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।