२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

दाङमा लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी

दाङमा एक साताका लागि गरिएको लकडाउन थप्ने तयारी भएको छ ।

जिल्लामा कोरोना संक्रमण कायमै रहेको अवस्थामा लकडाउनको स्वरुप परिवर्तन गरी जारी लकडाउनलाई लम्ब्याउने तयारी गरिएको हो ।

कोरोना संक्रमण समुदायस्तरमै देखिएपछि जिल्ला संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)को बैठकले भदौ १४ गते राती १२ बजदेखि भदौ २१ गते अर्थात भोलि राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरिएको थियो ।

एक साताका लागि गरिएको लकडाउनको अवधि सकिनै लाग्दा जिल्लामा स्वरुप परिवर्तन गरी निरन्तरता दिने तयारी भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

जिल्लामा जारी लकडाउनलाई स्वरुप परिवर्तन गरी निरन्तरता दिने वा पुरै हटाउने विषयमा आइतबार सिसीएमसीको बैठक भोलि बस्ने उहाँले बताउनुभयो । भोलि बस्ने बैठकले नै अन्तिम टुंगो लगाउने प्रजिअ रिजालले जानकारी दिनुभयो ।