२०७८ मङ्सिर १० गते शुक्रवार
२०७८ मङ्सिर १० गते शुक्रवार

एक पुरुषमा कोरोना देखिएपछि छत्रेश्वरीको एक वडा सिल

एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछी सल्यानको छत्रेश्वरी गाउँपालिकाको ५ नम्बर वडा सिल गरिएको छ। गत १५ गते स्वाब संकलन गरि परिक्षण गरिएका ६१ वटा नमुना मध्य शुक्रवार ३३ वर्षिय एकजना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो।

समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि वडानै सिल गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसिले बताए। अहिले संक्रमित ती ब्यक्तीलाई भोटेचौरको आईसोलेसनमा राखिएको उनले बताए।

संक्रमीत ब्यक्तीको सम्पर्कमा आएका ब्यक्ती हरुको खोजिकार्य सुरु भएको र संक्रमीत ती ब्यक्तीको स्वास्थ्य अबस्था भने सामान्य रहेको अध्यक्ष केसिले बताएका छन। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउन अध्यक्ष केसिले स्थानियलाई अनुरोध गरेका छ्न।