२०७९ असोज १२ गते बुधवार
२०७९ असोज १२ गते बुधवार

कुलोमा डूबेर तुलसीपुरकी ६५ वर्षीया महिलाको मृत्यु

सांकेतिक तस्वीर ।

दाङमा कुलोमा डूबेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१९ निबासी ६५ बर्षकी दिलु कुमारी खड्का रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए ।

खड्काको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा दिउसो ढाई बजे मृत्यु भएको प्रहरीले बताएको छ ।

घर नजिकै रहेको खैरेनी कुलोमा बिहान डुबेको अवस्थामा आफन्तले भेटेपछि उपचारका लागि अस्पताल ल्याएका थिए ।