२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

फाइल तस्वीर ।

तानसेन–रामपुर सडकअन्तर्गत पाल्पाको ताँहु मुडुलीचौपारीमा जिपको ठक्करबाट ६० वर्षीय भुपालसिंह रानाको मृत्यु भएको छ ।

ना ३ च ८८०८ नम्बरको जिपको ठक्करबाट शनिबार पैदल हिँडेका राना घाइते भएका थिए । रानाको प्राथमिक स्वास्थ्य केन्द्र ताँहुमा उपचारको क्रममा निधन भएको प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए ।

रामपुर खाद्यान्न लिएर जाँदै गरेको जिपले अनियन्त्रित भई रानालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । जिप चालक प्रहरी नियन्त्रणमा छन् ।