२०७७ असोज ४ गते आइतवार
२०७७ असोज ४ गते आइतवार

सीपीएल : सन्दीप आबद्ध जमैका ७ विकेटले पराजित

क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा सन्दीप लामिछानेको टिम जमैका तलावाज ७ विकेटले पराजित भएको छ ।

जमैकाले दिएको १ सय ६२ रनको लक्ष्य बार्बाडोस ट्रिन्डाडले १८ दशमलव २ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो । पहिला ब्याटिङ गरेको जमैकाले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । जमैकाका लागि जर्मेन ब्ल्यावुडले ७४ रन जोड्दा आन्द्रे रसेलले ५४ रनको योगदान गरे । ग्लेन फिलिप्सले १७ रन बनाएका थिए ।

बार्बाडोसका लागि ज्यासन होल्डर, जोशु विश्वप र हेडियन वाल्सले एकरएक विकेट लिएका थिए । १ सय ६२ रनको लक्ष्य पछ्याएको बार्बाडोसले मात्र ३ विकेट गुमाएर लक्ष्य भेटायो । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एक विकेट लिन सफल भए । ४ ओभर बलिङ गरेका सन्दीपले २६ रन खर्चिएर एक विकेट लिएका हुन् ।

यसअघिको भेटमा जमैकालाई बार्बाडोसले ३६ रनले पराजित गरेको थियो । जमैकाले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ, भने बार्बाडोस प्रतियोगिताबाट बाहिरिएको छ ।