२०७९ असोज ११ गते मङ्गलवार
२०७९ असोज ११ गते मङ्गलवार

भारतमा संक्रमितको संख्या ४१ लाख नाघ्यो, ७० हजारको मृत्यु

भारतमा एकैदिन कोरोनाका ९० हजार ९ सय सङ्क्रमित थपिएका छन् ।

एकैदिन ९० हजार ९ सय कोरोना सङ्क्रमित थपिएसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या ४१ लाख १० हजार नाघेको वल्ड्रोमिटरले जनाएको छ ।

यस्तै एकैदिन १ हजार ४४ जनाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ७० हजार ६ सय नाघेको छ ।

भारतमा अहिलेसम्म ३१ लाख ७७ हजार सङ्क्रमित निको भएका छन् ।