२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

कोरोना अस्पताल बेलझुण्डीमा ४३ संक्रमितको उपचार हुँदै

कोरोना विशेष अस्पताल बेलझुण्डीमा फेरी विरामी थपिएका छन् ।

शनिवार तुलसीपुर क्षेत्रमा कोरोना संक्रमित फेला परेपछि उनीहरुलाई बेलझुण्डि अस्पतालमा भर्ना गरिएको हो । अस्पताल व्यवस्थापक दोर्ण वलीका अनुसार शनिवार १४ जना विरामी भर्ना भए्संगै अस्पतालमा बिरामीको संख्या ४३ पुगेको छ ।

यस अघि अस्पतालमा २९ जना विरामी रहेका थिए । अस्पतालमा एक जना रुकुमका बाहेक अन्य सवै विरामी तुलसीपुर सहित दाङका रहेका छन् ।

बेलझुण्डिमा कोरोना विशेष अस्पताल सन्चालनमा भएसंगै हालसम्म ४३५ जना विरामी भर्ना भएका छन् । जस मध्ये हालसम्म ३९२ जना उपचार पछि निको भई घर फर्किएका छन् भने बाँकी ४३ जनाको उपचार भईरहेको व्यवस्थापक वलीले जानकारी दिएका छन् । जसमा २० जना पुरुष र २३ जना महिला रहेका छन् ।

उनका अनुसार अस्पतालमा भर्ना भएका मध्ये तिन जनालाई भने जिल्ला बाहिर रिफर गरिएको थियो । उनीहरु पनि अहिले उपचार पछि निको भईसकेका छन् ।

शनिवार मात्रै तुलसीपुरका १८ जना सहित दाङमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।