२०७७ असोज ४ गते आइतवार
२०७७ असोज ४ गते आइतवार

बलिउडका अभिनेता अर्जुन कपुरलाई कोरोना संक्रमण

बलिउडका अभिनेता अर्जुन कपुरमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। उनले आइतबार इन्टाग्राममार्फत् आफूमा कोरोना भाइसको संक्रमण देखिएको बताएका हुन्।

उनले आफू ठिक भएको र कुनै संक्रमणको लक्षणसमेत नदेखिएको बताएका छन्। ‘मलाई कोरोनाभाइरसको संक्रमण देखिएकोबारे सबैलाई जानकारी गराउनु मेरो जिम्मेवारी हो। मैले ठिकै महशुस गरिरहेको छु र कुनै लक्षण देखिएको छैन,’ उनले इन्टाग्राममा लेखेका छन्।

साथै उनी चिकित्सकहरूको सल्लाह अनुसार होम आइसोलेसनमा रहेको जानकारी गराएका छन्।