२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

बर्दियाको सिजी ग्रुपका ४२ कर्मचारीमा कोरोना

बर्दिया बासगढीमा रहेको सिजि ग्रुपका कर्मचारीमा कोरोना संक्रमण फैलिएको छ ।

भेरी अस्पतालको पिसिआर ल्यावमा गरिएको परिक्षणमा एकै दिन नयाँ ४२ कोरोना संक्रमित सिजि कम्पनिबाट थपिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश बाबु श्रेष्ठले जनाए ।

कर्मचारीमा एकै पटक यति धेरै संक्रमित फेला पर्दा कम्पनिमा कार्यरत कर्मचारीहरु थप चिन्तित बनेका छन । यस अघि पनि कम्पनिका कर्मचारहिरुमा कोरोना देखिएपछि कम्पनिलाई सिल गरिएको थियो ।