२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

दाङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

दाङमा आइतबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा राप्ती गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्वारेन्टिनमा बस्दै आएका उनीहरुको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा राप्ती गाउँपालिका वडा नम्बर १ का ३९ वर्षीया महिला र १६ वर्षीय पुरुष रहेका छन् ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८४० पुगेको छ, भने ती मध्ये ७०६ जना उपचारपछि निको भइ डिस्चार्ज भइसकेका छन् ।

अब १३२ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ ।