२०८१ मङ्सिर २१ गते शुक्रवार
२०८१ मङ्सिर २१ गते शुक्रवार

बिरामीमा कोरोना देखिएपछि पाल्पा अस्पताल सिल

अस्पतालमा उपचाररत बिरामीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि पाल्पा अस्पताल सिल गरिएको छ ।

गएको एक हप्ता अघिदेखि अस्पतालमा भर्ना भइ उपचार गराइरहेकी तानसेन ११ की ८२ वर्षीया वृद्धामा सङ्क्रमण पुष्टि भएपछि आकस्मिक सेवा बाहेक सबै सेवा आइतबार बेलुकीदेखि नै बन्द गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पामा आइतबार १६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै पाल्पामा कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय ६ पुगेको छ ।