२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

गण्डकीमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा सोमबार बिहान ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै प्रदेशमा संक्रमितहरूको कुल संख्या २ हजार ५९८ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक तथा गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार कास्कीको पोखरा महानगरपालिकामा ३१ जना, नवलपरासी गैँडाकोट नगरपालिकामा एकजना, देवचुली नगरपालिकामा १४ जना, गोरखाको गोरखा नगरपालिकामा १६ जना, पालुङ्गटार नगरपालिकामा दुईजना र तनहुँको व्यास नगरपालिकामा तीनजनामा संक्रमण पुष्टि भएको हो।

कास्कीमा थपिएकामध्ये चारजना पोखरा महानगरपालिका स्थित पृथ्वीचोकमा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत २६ र २३ वर्ष उमेरका स्टाफ नर्स हुन्, भने ३६ र २७ वर्ष उमेरका दुईजना महिला सहयोगी कर्मचारीको रूपमा कार्यरत छन्। यस्तै, नवलपरासी पूर्वको देवचुली नगरपालिका १२ का ४० वर्षीय पुरुष पनि स्वास्थ्यकर्मी रहेको निर्देशनालयले जानकारी दिएको छ।