२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

बाँकेमा कोरोनाबाट ५९ वर्षीय पुरुषको मृत्यु

सांकेतिक तस्वीर ।

कोरोना भाइरसबाट नेपालगन्ज उपमहानगरपालिका ९ का ५९ वर्षीय पुरुषको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा उनको आइतबार राति ८ ३० बजे निधन भएको हो।

उनी ५ वर्षदेखि मधुमेह र मुटु रोगबाट पीडित थिए।

१५ भदौमा कोरोना रिपोर्ट पोजिटिभ आएपछि नेपालगन्जको न्यू इन्द्रेणी होटलको आइसोलेसनमा बसेका उनलाई १८ भदौमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्थानान्तरण गरिएको थियो।