२०७८ मङ्सिर ५ गते आइतवार
२०७८ मङ्सिर ५ गते आइतवार

थुनामा रहेका एकजना कैदीबन्दीको मृत्यु

सांकेतिक तस्वीर ।

जिल्ला कारागार अर्घाखाँचीको थुनामा रहेका एकजना कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला कारागार सन्धिखर्कमा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४६ वर्षीय कैदी रामप्रसाद पाण्डेको उपचारका क्रममा मृत्यु भएको कारागारका निमित्त जेलर कृष्ण आचार्यले जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । मृतक पाण्डेलाई मुटुको समस्या थियो ।

शनिबार साँझ शरीर एक्कासी सुन्निन थालेपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालले स्वास्थ्य अवस्था जटिल रहेको बताएपछि उनलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।