२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

थप ९७९ मा संक्रमण पुष्टि, १७३६ डिस्चार्ज, ११ को मृत्यु

पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ७ सय ३६ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ। यो कुल संक्रमितको ६५ प्रतिशत हो।

नेपालमा संक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ रहेको छ। हाल ९ हजार ६९ जना संस्थागत आइसोलेसनमा छन्। त्यस्तै ७ हजार १९० जना होम आइसोलेसनमा छन्। हाल ४ हजार ७३९ जना क्वारेन्टाइनमा छन्।

२४ घण्टामा कोरोनाले ११ जनाको ज्यान गएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या तीन सय पुगेको छ।