भदौ १८ गतेदेखी सिल गरिएको सल्यानको कपुरकोट बजार खुलेको छ । सरोकारवालाहरुको परामर्श र गाउँ कार्यपालिकाको बिहानको निर्णय अनुसार आज दिउँसो १२ बजेदेखी सिल गरिएको क्षेत्र खुल्ला गरिएको हो ।
सिल खुल्ला भएसंगै कपुरकोट गाउँ कार्यपालिकाको कार्यालय, ३ नं वडा कार्यालय, तरकारी बजार तथा कपुरकोट बजार क्षेत्रका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, बैंक, वित्तीय संस्थाहरुले सेवा प्रदान गर्न सक्ने गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले जानकारि दिए ।
कपुरकोट गाउँपालिका अन्तर्गत वडा नं ३ मा एक जना स्वास्थ्यकर्मीको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि मिति २०७७ भदौ १८ गते राति १०ः०० बजेबाट कपुरकोट बजार क्षेत्र सिल गरिएको थियो । त
र कोरोना भाइरस परीक्षणका लागि समुदायस्तरबाट ११५ जनाको स्वाब संकलन गरी नेपालगञ्ज भेरी अस्पतालमा पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ प्रमाणित भइ आएकाले वर्तमान अवस्था विश्लेषण गरी सिल गरिएको क्षेत्र खुल्ला गर्ने निर्णय गरेको हो ।