२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

तरकारीका बिउबिजन वितरण

शान्तिनगर गाउँपालिका वडा नंं. ५ ले वडावासीहरुलाई निःशुल्क हाईव्रिड तथा उन्नत जातका तरकारी विउविजन वितरण गरेको छ ।

वडालाई तरकारीमा आत्मनिर्भर बनाउन सिमि, भाजि, मुला, धनिया, केराउ जस्ता हाईव्रिड तथा उन्नत जातका तरकारी विउविजन गरिएको वडा अध्यक्ष गिरीराज बस्नेतले जानकारी दिनुभयो ।

वडाका सम्पूर्ण वडाबासीलाई पुग्ने गरी तरकारीका बिउबिजन वितरण गरिएको वडा अध्यक्ष बस्नेतले बताउनुभयो ।