२०७८ मङ्सिर १८ गते शनिवार
२०७८ मङ्सिर १८ गते शनिवार

नेपाललगन्ज उपमहानगरपालिका कार्यालय सील

नेपाललगन्ज उपमहानगरपालिका कार्यालय ३ दिन सील गरिने भएको छ । उपमहानगरपालिकाका जिन्सी शाखामा कार्यरत कर्मचारीको कोरोनाबाट मृत्यु भएपछि नेपालगन्ज उपमहानगरपालिकाले मंगलबारदेखि ३ दिन कार्यालयलाई सिल गर्ने निर्णय गरेको हो ।

उपप्रमुख उमा थापा मगरका अनुसार उपमहानगरपालिकाको कर्मचारीको निधन भएपछि सोमबार एकदिन शोक मनाउन कार्यालय बन्द गरियो भने मंगलबारदेखि ३ दिनसम्म कार्यालय सिल गर्ने निर्णय भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका– ९ का ५९ वर्षीय पुरुष कर्मचारीको आइतबार कोरोना बाट मृत्यु भएको थियो । मृतकलाई तीन वर्षदेखि मुटु रोगको समस्या थियो ।

भदौ १५ गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि मृतक आफैले पैसा तिर्ने गरी बनाइएको इन्द्रेणी होटलको आइसोलेसनमा सेन्टरमा बसेका थिए । स्वास्थ्य समस्या बढेपछि उनको १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

योसँगै बाकेमा कोरोना संक्रमितको मत्यु हुनेको संख्या सात पुगेको छ ।