२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घट्यो

फाइल तस्वीर ।

सुनको मूल्य मंगलबार पनि घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ९५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाला सुनको मूल्य तोलामा ९६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले घटेर ९५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार तेजाबी सुनको मूल्य तोलामा ९५ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।