२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

थप ९०२ जनामा कोरोना संक्रमण, २२८७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।

उनीहरुमध्ये ३०६ जनाको मृत्यु भएको छ, भने ३२ हजार ९६४ जना कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र २ हजार २८७ जना डिस्चार्ज भएका छन् ।