२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

कोरोना संक्रमणबाट बाँकेमा एकैदिन २ जनाको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा एकै दिन दुई जनाले ज्यान गुमाएका छन ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत अर्घाखाँचीका ४२ वर्षिय पुरुषको मृत्यु भएको ६ घण्टाभित्रै नेपालगन्जका थए एक महिलाको मृत्यु भएको छ ।

मेडिकल कलेजमै उपचार गराईरहेकी नेपालगन्ज उपमहानगरपालिका १६ की ८० वर्षिय महिलाको मंगलबार बिहान ७ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

फोक्सोको निमोनियाबाट ग्रसीत महिलाको स्वास्थ्यमा समस्या देखिएपछि भदौ २१ गते मेडिकल कलेज नेपालगन्जमा भर्ना गरीएको थियो । उपचारकै क्रममा २२ गते स्वाव संकलन गरेर कोरोना परिक्षण गराउँदा ति महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यद्यपी संक्रमण पुष्टि हुनुभन्दा पहिले नै मंगलबार बिहान महिलाको मृत्यु भईसकेको श्रेष्ठले जनाएका छन ।