२०७८ कार्तिक ३० गते मङ्गलवार
२०७८ कार्तिक ३० गते मङ्गलवार

प्रदेश ५ मा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि

बेलझुण्डी दाङको कोरोना विशेष अस्पताल ।

प्रदेश ५ मा मंगलबार ६१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा २० महिला र ४१ पुरुष छन् ।

यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ३ सय १२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४२ संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

मंगलबार थपिने संक्रमितमा बर्दियाका १८ जना, रुपन्देहीका १७ जना र बाँकेका १५ जना छन् । यस्तै कपिलवस्तुका ४ जना, दाङका ३ जना, पश्चिम नवलपरासी २ जना र गुल्मी र रोल्पाका एक एक जना छन्।

१ हजार ७ सय १७ कोरोना संक्रमित उपचारको क्रममा छन् । जसमा करिब १५ प्रतिशत लक्षणसहितका बिरामी भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए ।

संक्रमितमध्ये १ सय ११ जना संक्रमित कोरोना विशेष अस्पतालमा रहेको सूचना अधिकारी डा. पौडेलले बताए । यसमा जटिल खालका २० जना आईसीयू र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कोरोना संक्रमणका कारण प्रदेशमा ४३ जनाले ज्यान गुमाएका छन् ।