२०७८ मङ्सिर १८ गते शनिवार
२०७८ मङ्सिर १८ गते शनिवार

शान्तिनगर र गढवामा गरी ३ जना संक्रमित थपिए

दाङमा थप तीन जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार गढवाका ५० वर्षीय पुरुष र ५६ वर्षीया महिला र शान्तिनगरका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै जिल्लामा संक्रमितको जम्मा संख्या ८४३ पुगेको छ ।