२०७८ मङ्सिर १६ गते बिहिवार
२०७८ मङ्सिर १६ गते बिहिवार

कांग्रेसद्वारा घर भत्किएर विचल्लीमा परेका परिवारलाई सहयोग

बर्षाका कारण घर भित्किएर विचल्लीमा परेका शान्तिनगरका एक परिवारलाई नेपाली काङग्रेसले सहयोग गरेको छ ।

शान्तिनगर ७ कुमलगढी निवासी एकलाल वलीको परिवारलाई क्षेत्र नं. ३ का उपसभापति तथा पश्चिमदाङका युवा नेता प्रमोद बस्नेतको नेतृत्वमा गएको एक टोलीले एक कार्यक्रमका विच १२ हजार ५ सय रुपैया सहयोग गरेको हो ।

नेपाली काङग्रेस दाङका सचिव संकर डाँगी, क्षेत्र नं. ३ क्षेत्रिय उपसभापति तथा पश्चिमदाङका युवा नेता प्रमोद बस्नेत, नेपाल तरुणदलका केन्द्रिय पार्सद संकर शर्मा र वडा सभापति तारा वली लगायतले सो रकम सहयोग गरेको युवा नेता झुपु क्षेत्रीले जानकारी दिनुभयो ।

योगीको परिवार घर भत्किदा घरबार विहिन भई बाहिर बस्दै आएका छन् ।