२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

सीपीएल : सन्दीप आबद्ध जमैका ९ विकेटले पराजित

क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा नेपालका सन्दीप लामिछाने आबद्ध जमैका तालावाज सेमिफाइनलबाटै बाहिरिएको छ ।

गएराति भएको खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएसँगै जमैका अन्तिम चारबाटै बाहिरिएको हो । जमैकाले दिएको १ सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर भेटायो ।

उसका लेन्ड्स सिमोन्सले नटआउट ५४ र टिओन वेब्स्टरले नटआउट ४४ रन बनाए । सन्दीपले ४ ओभरमा २९ रन दिएर कुनै विकेट लिन सकेनन् ।

यो सिजन सन्दीपले ११ विकेट लिए । ट्रिनबागोले उपाधिका लागि गुएना अमेजन वारियर्स र सेन्ट लुसिया जोउक्सबीचको विजेतासँग खेल्नेछ ।